प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको बसपार्कबाट एक युवा पक्राउ

२०८० आश्विन २३, मंगलबार १०:५२ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.७ घर बताउने ३२ बर्षीय रञ्जित चौरसिया रहेका छन् ।

सोमबारराति ११ बजेको समयमा बसपार्क क्षेत्रमा पैदल हिडि रहेका चौरसियालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नाईट्राभेट ३९ वटा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।