प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको चौकिटोल–लालझाडी पक्की पुल निर्माण छिटो गर्न निर्माण त्रिपक्षिय छलफल

२०८० मंसिर १५, शुक्रबार २१:०० बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१ को चौकिटोल–लालझाडी पक्की पुल निर्माण छिटो गर्न निर्माण व्यवसायी ठेकेदारलाई एमाले (सचेतक) महेश वर्तौलाले आग्रह गरेका छन्। हेटौंडा उपमहानगर पालिकाको वडा नम्बर १ स्थित राप्ती खोलाको चौकिटोल(लालझाडी पक्कि पुल निर्माणमा ढिलाई भएको भन्ने स्थानियहरुको व्यापक गुनासो पछि आज यातायात निर्देशनालयको स्थानिय, मकवानपुर २ बाट निर्वाचित साँसद तथा स्थानीय जनप्रतिनिधिहरु र निर्माण व्यवसायी सहितको त्रीपक्षिय छलफल डाकेको थियो ।

छलफलका क्रममा स्थानीयहरुले आफुहरु बर्सेनि पुल बन्ने आशामा बस्ने गरेको तथा पुलको काम सुस्त भएको हुंदा आफुहरु तुइन र साँगु तर्न बाध्य भएकोले पुलको काम किन ढिला भयो भनेर प्रश्न गरेका थिए । उनिहरुले बगरमा दुई वटा मेसिन आएर बस्ने तर काम भने नभएको भन्दै ठेकेदार वा कार्यालय कस्को कमजोरीले गर्दा काम नभएको हो भनेर प्रश्न गरेका थिए ।

छलफलका क्रममा निर्माण व्यवसायी मिलन पाठकले पुलको काम ढिलाई हुनुमा आफ्नो दोश नभएको तथा कार्यालयले डिजाईन स्टमेट परिवर्तन गर्दा र पछिल्लो बजारको मन्दिले गर्दा काममा समस्या भएको प्रस्ट्याएका थिए । उनले आफुले काम गर्न इच्छुक भएको वताउदै मेसिन तथा आवस्यक सरसामान निर्माण स्थलमा खसालेको तथा आफुलाई काम गर्ने वातावरण तैयार पार्न स्थानीय वासी, जनप्रतिनिधि तथा पुर्वाधार कार्यालयलाई अनुरोध गरेका थिए ।

छलफलका क्रममा मकवानपुर २ बाट निर्वाचित सांसद महेश वर्तौलाले स्थानीय जनताहरु बर्सेनि राप्तिबाट प्रताडित भएको वताउदै काममा समस्या आए आफू पनि आवस्यक वातावरण बनाउन तैयार भएको तर पुल निर्माणमा ढिलाई नगर्न आग्रह गरेका थिए । यातायात पुर्वाधार निर्देशनालय प्रमुख लोकनाथ रेग्मीले कार्यालयको तर्फबाट कुनै व्यवधान नरहेको प्रस्ट्याउदै आफुले पेमेन्टमा पनि ढिला नगर्ने तर काम भने छिटो गरेर हुनु पर्ने उल्लेख गरेका थिए ।

हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेले वडा कार्यालय आवस्यक वातावरण बनाउन र काममा श्रमदान दिन समेत स्थानीय तयार रहेको वताए । तीन पक्षिय छलफल पछि निर्माण व्यवसायीले कामको सेड्युल तैयार गरि कार्यालयमा एक साता भित्र बुझाउने र त्यसै अनुरुप काम सम्पन्न गर्ने सहमति समेत भएको छ ।