प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दै

२०७९ जेठ ३१, मंगलबार ०५:३२ बजे

हेटौंडा – बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८–७९ को बजेट सार्वजनिक गर्नु एक दिनअघि प्रदेशसभा बैठक बस्न लागेको हो। मंगलबार दिउँसो २ बजे बस्ने बैठकका ६ वटा कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

उनले मंगलबारको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७–०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताए।

सोमबारकै बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मटेलले आर्थिक सर्वेक्षण २०७८–७९ पेश गर्नेछन्। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८७९ को बजेट असार १ गते बुधबार बजेट आउँदैछ।