हेटौंडा – मकवनापुर बकैया गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बकैया गाउँपालिका– ११ आहाल डाँडा वस्ने अन्दाजी ५०/५५ वर्षीय आईत सिं भोलनको चट्याङ लागेर मृत्यु भएको हो ।
घरमा वसिरहेको अवस्थामा चट्याङ लाग्न भोलनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेक बहादुर कार्कीले जानकारी दिए । मृतकको घर नजिकै रहेको भिम बहादुर स्याङ्तानको गोठमा चट्याङको कारण एउटा गोरु समते मरेको उनले बताए ।