प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं: गृहमन्त्री श्रेष्ठ

२०८० आश्विन १५, सोमबार १४:३१ बजे

हेटौंडा – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने बनाउने अभियानको लागि सुशासनको अभियान चलाइएको बताए । उनले आज हेटौंडामा भएको रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त बार्षिकोत्सब कार्यक्रम उद्घाटन गर्नुहुंदै यस्तो बताएका हुन्

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले देशलाई भ्रष्टचारले खोक्रो बनाएको कारण पनि समृद्धको लागि सुशासन अनिवार्य रहेकोले सबैको साथ र सहयोगको अपिल गरे । राजनैतिक परिबर्तको अभियान भनेको खाडिमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनको लागि समृद्धीको आधार तयार पार्ने रहेको बताए । उनले भ्रष्टचारीबिरुद्ध, दुराचारी, काईते र फटाहाबिरुद्ध कदम चाल्दा कसैले रोक्न खोज्दैमा नरोकिने बताए । उनले थने“ हामी सुशासनको अभियान अगाडी बढाउदै देश समृद्ध बनाउने अभियान निरन्तर चलाउछौं ।”

नेपाल सरकारले राष्ट्रको लागि गरेको योगदानको आधारमा दिने पदक निश्चित ब्यक्तीहरुको चलखेलमा सिफारिस हुने गरेको अबस्थालाई तोडेर सुशासन कायम गर्दै पदकको मुल्यांकन उच्च राख्नको लागि निश्चित मापदण्ड बनाएर मात्र बितरण गर्नको लागि तत्कालको लागि रोक्ने निर्णय गरिएकोे जानकारी दिए। उनको अनुसार पदक लिनेले किनेको जस्तो र सिफारिस गर्नेले बेचेको जस्तो अबस्था देखिएकोले पदकको गरिमा नै आंच आउने देखिएकोले यस्तो निर्णय गरिएको हो ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले कानुनी समस्याको कारण एक सय वाटको रेडियोलाई प्रदेश सरकारले समेट्न नसकेको बताउदै प्रदेश सरकार संचारमाध्यमको विकासको लागि हरदम तयार रहेको बताए । उनले संचारमाध्यमलाई नियमन संगै उत्कृष्टताको लागि प्रोत्साहन गर्ने बताए ।

वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्ताने बर्तमन सरकारले सुशासन कायम गर्न चालेको कदम स्वागतयोग्य रहेको बताइन् । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य अभिबृद्धी फिर्ता लिएर जनतालाई राहत दिएको भन्दै धन्यवाद समेत दिइन् । उनले सुशासन कायम गर्नको लागि हामी सबैले आफ्नो स्थानबाट कर्तब्यको पालना गरेमा कायम गर्न समस्या नरहेको बताइन् । वाग्मती प्रदेश सरकारले पनि सुशासन कायम गर्दै प्रदेशलाई समृद्ध बनाउने योजना सहित अगाडी बढेको बताउदै अब प्रदेशमा युवाहरुलाई स्वरोजगार बनाउनेतर्फ लागेको बताइन् ।

निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपालको अध्यक्ष शुनिल खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो ।रासस