हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी मिना कुमारी लामाले अग्रता कायमै राखेकी छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार ३२ हजार ९५७ मत गणना हुँदा नेकपा एकीकृत समाजवादीकी लामाले ११ हजार २६१ मत प्राप्त गरेकी छन् ।
उनका निकटत्म प्रतिद्वन्दी राप्रका दिपक बहादुर सिंहले १० हजार ७५४ र नेकपा एमालेका अनन्त पौडेलले ९ हजार ८९८ मत प्राप्त गरेका छन् ।