हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.५ ठुलो खोल्साबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्सिराङ–८ बस्ने बर्ष–२१ को अशोकलाल मोक्तान, सोही स्थान बस्ने बर्ष–३१ को दिपक मोक्तान र बर्ष ३५ को बुद्धिलाल मोक्तान रहेका छन् ।
गस्ती हिडेको प्रहरीको टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट ८ केजि ५०० ग्राम लागुऔषध गाँजा बरामद भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।