प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

हेटौंडामा यसरी गरियो शहीदहरूको सम्झना (तस्वीरसहित)

२०७९ माघ १६, सोमबार ०६:४० बजे

हेटौंडा – आज माघ १६ गते शहीद दिवस। सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्ड स्थापना तथा विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन आहुती दिने शहीदप्रतिको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद दिवस मनाएको छ। हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा रहेको प्रतिमामा माल्यार्पण गरि दिवस मनाइएको हो।

कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्मासंगै मुख्यमन्त्री सालिकराम जमरकट्टेल,मुख्यमन्त्री सालिकराम जमरकट्टेल, प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशकी सामजिक विकास मन्त्री कुमारी मोक्तान, श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, पशुपन्छी तथा कृषि केशब पोख्रेल, भौतिक मन्त्री युवराज दुलाल लगायतले प्रतिमामा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा प्रदेशकी पुर्वमन्त्री जुनेली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, मध्य पृतना हेडक्वाका पृतनापति होमनाथ दवाडी, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तस्वीरहरु 

 

तस्वीरः राजेश नगरकोटीको फेसबुकबाट