प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन नियुक्त

२०७९ चैत्र ६, सोमबार १२:२३ बजे

हेटौंडा – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा। सुरेन्द्र शेरचन नियुक्त भएका छन् । उनलाई आज प्रतिष्ठानका उपकुलपति डा। विश्वराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थिीमा सपथ खुवाइएको हो । यस अघिका रेक्टर डा.सतिस कुमार देवले राजिनमा दिएपछि स्वास्थ्य मन्त्रालयले शेरचनलाई रेक्टरमा नियुक्त गरेको हो । प्रतिष्ठानमा रेक्टर शिक्षाध्यक्ष हुने प्रावधान छ ।