प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान

२०८० पौष ८, आईतबार २०:४३ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ बस्ने एक युवकले घरमै नागरिकता पाएका छन् । शारीरिक रुपमा अशक्त १७ बर्षीय युवकलाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलले शनिबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरे ।

ती युवकलाई नागरिकता बनाउन हेटौंडासम्म ल्याउने अवस्था नभएपछि प्रशासकीय अधिकृत पौडेलले घरमा पुगेर नागरिकता दिएका हुन् । नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि उनको परिवार खुसी भएका छन्। नागरिकता प्राप्त भएसँगै उनले सरकार र स्थानीय तहबाट अशक्त नागरिकले प्राप्त गर्ने सुविधाको बाटो खुलेको छ।