हेटौंडा – पर्साको ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ठोरी गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहारमा प्रहार गरेका थिए । बेहोस अवस्थामा भेटिएका पाख्रीनको वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका किशोर उपर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।