प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गुणस्तरिय शिक्षा र स्वास्थ्य चाहियो: मतदाता

२०७९ कार्तिक १७, बिहीबार ०९:१२ बजे

हेटौंडा – बागमती गाऊँपालिका ३ माझगाऊँका मतदाताहरुले नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एबम् मकवानपुरको प्रदेशसभा १ को(क) का सत्ता गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु) लाई गुणस्तर शिक्षा, स्वास्थ्य, लगाएत भौतिक पुर्वाधार निर्माणको लागि पहल गरिदिन माग गरेका छन् । मतदातासंग भेटघाट गर्ने क्रममा उम्मेदवारी पुलामीलाई मतदाताले उक्त माग गरेका हुन् ।

बागमती १ का डोर बहादुर थापाले नेता पुलामीलाई वागमती गाऊँपालिकामा प्रदेश सरकार र स्थानिय सरकारले गरेको विकासको लागि धन्यबाद दिंदै थप विकासमा जोड दिन माग गरका छन् । उनले नेता पुलामीले आफ्नो क्षेत्र मा उल्लेख्य विकास गरेको देखिएको भएतापनि अझ गर्नको लागि अनुरोध गरे ।

त्यसैगरी सोही वडाका मतदाता भेष बहादुर घिसिङले नेता पुलामीको गृह पालिका भएकोले त्यहाँको अबस्था र स्थितीको बारेमा उम्मेदवार पुलामीलाई खासै भन्न नपर्ने बताए । पहिलाको बागमती र अहिलेको बागमतीको बिचमा आकाश जमिनको अन्तर भएको भन्दै नेता पुलामीको पहलमा विकास निर्माणले गति लिएको बताए ।

बागमती २ का मतदाता बिक्की पहरीले बर्तमान राईगाऊँ, माझगाऊँमा विकासले गति लिएको भएपनि खहरे नियन्त्रण, पुल लगाएतका कार्य पुरा हुन अझ बाँकी रहेको भन्दै नेता पुलामीबाट नै यस क्षेत्रका मतदाताहरुले अपेक्षा राखेको बताए ।

उम्मेदवार पुलामीले आफु निर्वाचित हुँदा होस वा उम्मेदवार नै नरहेको अबस्थामा होस यस क्षेत्रका जनतालाई साथ नछोडेको बताए । ब्यबस्था बदल्न भएको निर्वाचनको कार्यभार पुरा गर्न सफल भएको भन्दै अब अबस्था बदल्न पनि सफल हुने बिस्वास ब्यक्त गर्दै जनअपेक्षा बमोजिम आफुले काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।