हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.४ लम्कना विचटोलमा एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय नारायण फेवाली मगरको काठको एक तले घर जलेर नष्ट भएको हो ।
कच्चि घरमा विधुतको तार सर्ट भएर आगो लागि हुँदा घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाडावर्तन र काठहरु पुर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार आगलागीबाट मानविय तथा चौपायको क्षति भएको छैन भने क्षतिको विवरण आउन बाँकी छ । बिहीबार दिउँसा २ बजे लागेको आगो स्थानिय र प्रहरीको सहयोगमा करिब ४ बजे नियन्त्रणमा लिईएको थियो ।