प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

मकवानपुरगढीमा रातारात प्राकृतिक स्रोतको राजस्व छली, क-कसको छ मिलिजुली ?

२०७९ पौष २, शनिबार ०१:३३ बजे

 

हेटौंडा - मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ढुङ्गा, गिट्टी, बालुवा( नदिजन्य पदार्थ)माटो लगायतबाट संकलन हुने राजस्व चुहावट भएको छ । स्थानीय तहको जनप्रतिनिधिको मिलोमतोमा रातारात मकवानपुरगढी गाउँपालिका वडा नम्बर २,४,५ बाट ढुङ्गा र माटो अबैध रुपमा ओसारपसार भइरहेको स्थानीयहरुले बताउछन् । 

 

सरकारी मापदण्ड अनुसार साझ ६ बजेपछि नदिजन्य पदार्थ ओसारपसार गर्न पाईदैन । दिनको बिहान ६ बजेदेखि साझ ६ बजेसम्मको समयमा गाउँपालिकालाई राजस्व बुझाएर मात्रै ओसारपसार गर्न पाईने कानुनी प्राबधान छ । तर, रातको समयमा कर संकलन गर्ने कर्मचारी नभएको मौका छोपेर टिपर र ट्याक्टरको प्रयोग गरेर नदिजन्य तथा माटो ओसारपसार भइरहेको स्थानीयबासीहरु बताउँछन् । 

 

पछिल्लो दुई बर्षदेखि मकवानपुरगढी गाउँपालिकाबाट माटो निकासी ठूलो परिमाणमा भइरहेको छ । उता नदिजन्य पदार्थ पनि उत्तिकै निकासी हुने गरेको छ ।