काठमाडौं – आइसिसी विश्वकप लिग(२ अन्तर्गत स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा २७४ रन बनायो ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो । स्कटल्यान्डका लागि मिकेल लेस्कले शतक प्रहार गरे। पहिलो एकदिवसीय शतक प्रहार गरेका उनले ८५ बलमा नटआउट १०७ रन जोडे।
नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन र क्रिस ग्रेभले १६ रन बनाए ।
बलिङमा नेपालका सन्दीप लामिछानले तीन विकेट लिए। उनले १० ओभरमा २७ रन दिए। कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट हात पारे।