प्रहर खबर
 २०८३ कार्तिक २, आइतवार    

इन्द्रसरोवर गाउँपालिकामा आठ जनाले लिए उम्मेदवारी फिर्ता

२०७९ बैशाख १६, शुक्रबार १२:३० बजे

हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा ८ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन् । दुई जना अध्यक्षका उम्मेदवार, चार जना वडाअध्यक्षका उम्मेदवार र दुई जना वडासदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालय इन्द्रसरोबरले जनाएको छ ।

कार्यालयका अनुसार कुन्साङ लामा र दिपक कुमार ठकुरीले अध्यक्षको मनोनयन फिर्ता लिएका छन् । त्यस्तै गाउँपालिका वडा नं.२ का रत्न बहादुर थापा मगर, वडा नं.३ का राजन कुमार ठकुरी, वडा नं.४ का सिंगा बहादुर लामा र वडा नं.५ का राजन लामाले वडाध्यक्षको उम्मेदवारी फिर्ता दिएका हुन् । त्यसैगरी वडासदस्यतर्फ वडा नं. २ का अरुण तामाङ र वडा नं.२ का ईनोद लामाले उम्मेवदवारी फिर्ता दिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

indrasarobar