प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको राप्ती पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो

२०७९ पौष २८, बिहीबार १४:४६ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ राप्ती पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विराटनगरतर्फ जाँदै गरेको लु १ क ९२१ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ना ५२ प १ नम्बरको मोटरसाइकललाई बिहिबार साँझ ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार मनहरी गाउँपालिका–३ बस्ने ३४ वर्षीय निरन्जन उप्रेती घाइते भएका छन् । उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उप्रेतीले अत्याधिक मादक पदार्थ सेवन गरेको प्रहरीको भनाई छ । ट्रक चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।