हेटौंडा – कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिह लामा निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गर्दैै लामा निर्वाचित भएका हुन् ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका लामाले २१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।लामाका प्रतिस्पर्धी कांग्रेस बागमतीका सभापति समेत रहेका इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेका छन् ।
लामा नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट निर्वाचित भएका थिए । उनले नेकपा एमालेका विजय सिंह लामा तामाङलाई ८ हजार १२५ मतान्तरले पराजित गरेका थिए ।
बानियाँ मकवानपुरको प्रतिनिधिसभा २ तर्फको प्रदेश सभा क्षेत्र ९२० बाट निर्वाचित भएका थिए । उनले नेकपा एमालेका लालबहदुर थापालाई पराजित गरेका थिए । १