हेटौंडा – दुईओटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
कैलालीको गौरीगंगा नगरपालिका ९ मा गएराती सुदुरपश्चिम प्रदेश ०१–००९ प ७८९१ नम्बरको मोटरसाइकल र से ७ प ११४७ नम्बरको मोटरसाइकल गएराती सवा १० बजे आपसमा ठोक्किँएको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका ११४७ नम्बरका मोटरसाइकल चालक कैलालीकै कैलारी गाँउपालिका ८ का २२ वर्षीय राम अपतार कठरियाको उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका अर्का मोटरसाइकल चालक सहित ३ जनालाई उपचारको लागी विभिन्न अस्पताल पठाइएको छ । घाइते मध्ये ११४७ नम्बरको मोटरसाइकल पछाडी सवार कैलारी गाँउपालिका ८ का २० वर्षीय आशिष कठरियाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।