हेटौंडा – आसन्न स्थानीय निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन हेटौंडा उपमानगरपालिकाको मेयरमा ७ जनाले उम्मेद्वार दर्ता गराएका छन् । आईतबार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले गरी ७ जनाले मेयर पदको लागि उम्मेद्वारी दर्ता गराएका हुन् ।
मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई, मौलिक जरोकिलो पार्टीबाट सृजना बतौला, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल र सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतमले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरी हेटौंडाको मेयर पदका लागि स्वतन्त्रबाट लिला कुमारी आचार्य र देव राज पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यसैगरी हेटौंडाको उपमेयरका लागि २ जनाले मात्र उम्मेद्वारी दर्ता गराएका छन् । उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरी र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिना रहेकी छन् ।
निर्वाचन आयोगले आजका लागि अपरान्ह ५ बजेसम्मको लागि मनोनयन दर्ताको समय तोकेको थियो। मनोनयन दर्ता भोलि पनि मनोनयन गर्न पाइनेछ। भोलि बैशाख १२ गते अपराह्न ५ बजेभित्रै उम्मेदवारी दर्ता पाइनेछ ।