प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अचेत अवस्थामा भेटिएका हेटौंडाका लामाको मृत्यु

२०७९ माघ १४, शनिबार १२:५७ बजे

हेटौंडा – हेटौंडामा अचेत अवस्थामा फेला परेका एकजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानरपालिका–९ पशुपतिनगर बस्ने ४० वर्षीय नवराज लामाको मृत्यु भएको हो ।

शनिबार विहान हेटौंडा–४ स्थित नेपाल बैंक नजिक सडक छेउमा अचेत अवस्थामा फेला परेका थिए । उनको उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा डाक्टार मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।