हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१३ मेम्बर चोक बस्ने ३१ वर्षीय साजन थिङ रहेका छन् ।
प्रहरीले थिङलाई हिडिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिका–१३ लुङ्बाटोलबाट पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध नोरफिन ४ एम्पुल, फेनारगन ४ एम्पुल, डाईजेपाम ४ एम्पुल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागुऔषध सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।