प्रहर खबर
 २०८३ श्रावण ५, मङ्गलवार    

पशुपतिनाथ माविमा शैक्षिक सामग्री निर्माण तालिम

२०७९ असार २८, मंगलबार १३:५९ बजे

हेटौंडा– मकवापुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा शिक्षकहरुका लागि शैक्षिक सामग्री निर्माणसम्बन्धी तालिम आयोजना भएको छ । तालिम समापनका अवसरमा पशुपतिनाथ मावि विब्यस अध्यक्ष माधब गौतमले तालिममा सिकेका बिषयबस्तुले शिक्षकको क्षमता र दक्षतामा बल पुग्ने बताए ।

पशुपतिनाथ माविसँगै आधार विद्यालयहरु चेपाङ प्रावि, सृजना प्रावि र नवज्योति प्राविका शिक्षकहरुको पनि तालिममा सहभागीता रहेको थियो । विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालका कार्यक्रम संयोजक मिनप्रसाद रिजालले सहजीकरण गरेको तालिममा ४ वटा विद्यालयका १८ जना शिक्षकको सहभागिता रहेको थियो ।

पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक राचन्द्र तिमल्सिना, ईश्वर रिजालले तालिममा सिकेका बिषयलाई ब्यवहारमा उतार्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।