हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध खैरोहेरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ चाईनाक्वाटर बस्ने ३४ वर्षीय निरन्जन घिमिरे रहेका छन् ।
प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घिमिरेलाई करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित शुक्रबार साँझ पक्राउ गरेको हो । वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना५ ख ३८९५ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई उक्त पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।