हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट सोमबार बिहान लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं. ६ कदार बस्ने २८ बर्षीय अमृत गोतामे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी चौकी बसपार्क मकवानपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बसपार्कमा शंकास्पद रुपमा उभिरहेको अवस्थामा गोतामेलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनको बोकेको झोलाबाट लागूऔषध फेनारगन ५८ एम्पुल, नुफिन ५८ एम्पुल, डाईजेपाम ५८ एम्पुल गरी १७४ एम्पुल, लागूऔषध नाईट्राजेपाम ७५ ट्याव्लेट, ट्रामोल ६८० क्याप्सुल र सम्मेक्स २४ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त लागूऔषध सहित गोतामेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।