प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बेरुजु घटाउन बागमती प्रदेशका मन्त्री जगन्नाथ थपलियाको निर्देशन

२०७९ माघ २०, शुक्रबार १२:५७ बजे

हेटौंडा – प्रदेशमा  बढ्दो  बेरुजु  घटाउन बागमती प्रदेशका  आर्थिक  मामिला  तथा  योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकार मातहतका कार्यालयलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको अर्धवार्षिक समीक्षा कार्यक्रमको समापनमा मन्त्री थपलियाले धेरै बजेट भएको मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको भन्दै उहाँले बजेट ठीक ठाउँमा कार्यान्वयन गर्ने, बेरुजु नहुने गरी बजेट निकासा गर्ने र त्यसको उपलब्धि पनि अध्ययन हुनुपर्ने बताउनुभयो ।

उहाँले अर्धवार्षिक समीक्षाको समयमा विनियोजित बजेटलाई यथाशक्य उपलब्धि  हासिल  हुने  गरी  खर्च  गर्नेतर्फ  ध्यान  दिनु  आवश्यक  भएको  बताउनुभयो । प्रदेशको समग्र भौतिक पूर्वधार विकासका लागि मन्त्रालयको कार्यसम्पादन  महŒवपूर्ण  रहेकाले  आयोजना  छनोटदेखि  नै  ध्यान  दिन  कर्मचारीलाई उहाँले आग्रह गर्नुभयो ।  आर्थिक अनुशासन, मितव्ययितामा ध्यान दिई कार्य सम्पन्न गर्न सबैको ध्यान जानुपर्ने बताउँदै मन्त्री थपलियाले भन्नुभयो, “बजेट खर्च मात्र गर्नेभन्दा पनि गुणस्तरीय रूपमा आयोजनाको काम भयो कि भएन भन्नेतर्फ प्राविधिक कर्मचारीले ध्यान पु¥याउनु आवश्यक छ ।”