हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ बालजागृति स्कुल अगाडि सडकमा मोटरसाइकल दुर्घटना भएको छ ।
सोमबार साँझ कमानेबाट चिसापानीतर्फ जादै गरेको ना ४२ प.५३७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नं.१६ चिसापानी बस्ने ५३ बर्षीय बाबुराम खनाल घाइते भएका छन् ।
उनको खुट्टामा र टाउकोमा चोट लागेको छ । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।