हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट माधवनारायण नगरपालिका वडा नं. ५ मिठुवा बस्ने वर्ष २६ को नुर आलम मन्सुरी रहेका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सोमबार बेनीबाट हेटौंडातर्फ आउदै गरेको ना ६ ख ९५४९ नम्बरको यात्रुवाहक बसलाई चेकजांच गर्दा उक्त बसमा मन्सुरीलाई दुई किलोग्राम लागुऔषध गाँजा फेला पारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उक्त गाजा सहित मन्सुरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।