प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका मोक्तान चितवनबाट पक्राउ

२०८० बैशाख २४, आईतबार ०१:३७ बजे

हेटौंडा – मकवानपुर राक्सिराङ गाउँपालिकाका एक वृद्धा लागुऔषध गाँजासहित पक्राउ परेका छन् ।

चितवन राप्ती नगरपालिका–५, भण्डारा बजारबाट राक्सिराङ गाउँपालिका–७ बस्ने ६८ वर्षीय ईन्द्र बहादुर मोक्तान पक्राउ परेका हुन् ।

शंका लागेर मोक्तानको झोला चेकजाँच गर्दा २ किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।