हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१७ गैरीगाउँमा टिपरको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।
कान्तिलोकपथ सडकमा चौघडातर्फबाट मकवानपुरगढीतर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई आज सोमबार ठक्कर दिँदा दूई मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं.२ खोलाखेत बस्ने २५ बर्षीय हरी पनेरु रहेका छन् । उनको श्रीमती २२ बर्षीय अर्चना ढकाल घाइते भएकी छन् । दुबै खुट्टा र टाउकोमा चोट लागेको उनको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात हेटौंडा अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगतै टिपर चालक हेटौंडा उपमहानगरपालिका वडा न..१९ नेवारपानी बस्ने ३३ बर्षीय राधाकृष्ण रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।