प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९ कार्तिक २१, सोमबार ०९:२५ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नं.६ नयाबस्ती बस्ने २८ वर्षीय अबिनाश गोले रहेका छन् ।

काकरभित्ताबाट काठमाडौं तर्फ जाँदै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले बागमती प्रदेश ०३००३ प ४९३१ नम्बरको मोटरसाइलकलाई सोमबार बिहान ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसको ठक्करबाट गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी बस्ने ५१ को मदन कुमार गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।