प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हिजो बानियाँको ‘हाई ज्याक’, आज एमालेमा ‘रिर्टन ब्याक’

२०८० भाद्र २०, बुधबार १२:४० बजे

हेटौंडा – नेपाली कांग्रेस, बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँमाथि झुक्याएर पार्टी प्रवेश गराएको आरोप लागेको छ । नेकपा एमाले मनहरी गाउँपालिका सचिवालय सदस्य चतुराम मोक्तान र एमाले मनहरी गाउँपालिका वडा नंबर २ का उपसचिव रविन्द्रबहादुर डिम्डुङले आफुहरुलाई झुक्याएएर कांग्रेस प्रवेश गराएको बताएका हुन् ।

उनीहरुले बुधबार एक विज्ञप्तीमार्फत आफुहरुलाई विद्यालयको विषयमा छलफल भन्दै सभापति बानियाँको घरमा लगेर एक्कासी पार्टी प्रवेश गराएको आरोप लगाएका हुन् । पुनः एमाले फर्किदै डिम्डुङले भने, “स्कुलमा केही रकम हाल्ने कुरा भएपछि माननीयसंग भेट्न जाउँ भन्ने कुरामा म आएको थिए, तर पार्टी प्रवेश गर्न चाही म आएको थिएन ।” 

हिजो मंगलबार बानियाँले आफ्नै घरमा मुक्तान र डिम्डुङ्ग  सदस्यता दिएर पार्टीमा प्रवेश गराएका थिए । उनले कांग्रेसमा कसैलाई काखा र पाखा नगरिने बताउँदै योग्यता र क्षमताको आधारमा पार्टीमा स्थान दिने समेत आश्वासन दिएका थिए ।

विज्ञप्ती