प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

वागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको मिति तय

२०७९ पौष १८, सोमबार १४:०३ बजे

हेटौंडा – वागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको मिति तय भएको छ । सोमबार बिहान बसेको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख निर्वाचन मिति तय गरेको हो ।

सर्वदलीय बैठकमा सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते निर्वाचन गर्न दलहरु सहमति भएको हो । निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको मनोनयन दर्ता गरिने बताईएको छ ।