प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सवारी दुर्घटनामा एक बालक घाइते

२०८१ कार्तिक २०, मंगलबार ०९:५३ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका-८, कमानेस्थित मनकामना चोकमा भएको सवारी दुर्घटनामा एक चार वर्षीय बालक घाइते भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार ना ३५ प ६१०० नम्बरको स्कुटरले ठक्कर दिँदा प्रमिला के.सी.का छोरा आयन्स न्यौपाने घाइते भएका हुन्। बालकलाई ठक्कर दिएपछि कानबाट रगत बग्न थालेको र उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो।

प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुरको नयाँ मेडिकल कलेजमा रिफर गरिएको छ। बालकका ठुली आमा उर्मिला के.सी.ले घटना सम्बन्धी जानकारी दिएकी छन्।

स्कुटर चालक काठमाडौँ तारकेश्वर नगरपालिका-१० बस्ने ४५ वर्षीय शान्ति थापालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ भने, स्कुटरलाई नियन्त्रणमा लिने प्रक्रिया जारी छ।