प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चौथो बकैया कपको उपाधि वडा नम्बर ३ को पोल्टामा

२०७९ माघ २८, शनिबार ०७:३८ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको चौथो बकैया कप फुटबल प्रतियोगिताको उपाधि ३ नम्बर वडाले जितेको छ । शुक्रबार बकैया–७, भिरकोटस्थित जनक माविको खेलमैदान भएको फाइनल खेलमा ७ नम्बर वडालाई ३–० गोलअन्तरले हराउँदै ३ वडाले उपाधी जितेको हो ।

वडा नम्बर ३ लाई उपाधि दिलाउन कप्तान छेवाङ लामाले २ गोल र आयुष नेगीले १ गोल गरे । उपाधिसँगै ३ नम्बर वडाले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको ७ नम्बर वडाले भने १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ३ नम्बर वडाका सुजन गुरु घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उदियमान खेलाडी ३ नम्बरका रोमन घलान, उत्कृष्ट गोलरक्षक ३ का बिक्रम नेगी, डिफेन्डर ७ नम्बरका राउल राई, उत्कृष्ट मिडफिल्डर ७ का दावा भोलन र प्रतियोगिताभर ७ गोल गरेका वडा ३ का कप्तान छेवाङ लामा सर्वाधिक गोलकर्ता घोषित भए । विधागत उत्कृष्ट सम्पुर्णले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।