काठमाडौं – श्रीमानको कुटपिटबाट काभ्रेपलान्चोकमा एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको हो ।
मंगलवार राति घरायसी विवादलाई लिएर श्रीमान् शम्भु बिकले ज्ञानीमायालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी ज्ञानीमायाको उपचारको क्रममा धुलिखेल अस्पतालमा बुधवार राति निधन भएको वडाध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए ।
उनी नेकपा एमालेबाट दोस्रो पटक सो वडाको दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।