प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कान्तिलोकपथको भट्टेडाँडामा पहिरो पन्छाइयो

२०८० भाद्र १, शुक्रबार ११:३१ बजे

काठमाडौं – काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ। पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।

कान्तिलोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएर यातायात सञ्चालन गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग, हेटौँडा–भीमफेदी सडकखण्ड र भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।