प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

निर्माण व्यावसायी संगठन बागमती प्रदेश उपध्यक्षमा मकवानपुरका ढकाल

२०७९ फाल्गुन २७, शनिबार १२:०८ बजे

हेटौंडा – मकवानपुरका युवा निर्माण व्यावसायी राजन ढकाल निर्माण व्यावसायी संगठन, बागमती प्रदेशको उपध्यक्षमा निर्विरोध चयन भएका छन् ।

काठमाडौमा फागुन २७ गते भएको नेपाल राष्ट्रिय निर्माण व्यावसायी संगठनको १३ औं वार्षिक साधारणसभा तथा बागमती प्रदेश भेलाबाट ढकाल निर्विरोध चयन भएका हुन्।

साधारणसभाबाट अध्यक्षमा जयराम घर्ती रसुवा,बरिस्ठ उपाध्यक्ष वसन्त खरेल चितवन ,महासचिव भुवन घिमिरे दोलखा,र कोषाध्यक्ष नारायण तिमिल्सिना रामेछाप चयन भएका छन्।