मकवानपुर – मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि खेलकुद बिकास समिति मकवानपुरगढी–२ ले जितेको छ ।
बिजया दशमिको अवसरमा प्रतिभा युवा क्बलले आयोजना गरेको मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स कप फुटसल प्रतियोगिताको फाईनलमा सेर्से गुम्बा मकवानपुरगढी–४ लाई २–१ ले पछि पार्दै मकवानपुरगढी २ ले उपाधि हात पारेको हो ।
शनिबार भएको सेमिफाईनलमा खेलमा गढिस्टार स्पोर्टस् क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै सेर्से गुम्बा फाईनल पुगेको थियो भने मकवानपुरगढी–५ आमभञ्ज्याङलाई ६–१ गोल अन्तरले पराजित गर्दै खेलकुद बिकास समिति वडा नम्बर २ फाईनल प्रबेश गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने खेलकुद बिकास समिति मकवानपुरगढी–२ ले ३० किलोको खसि ,शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप बिजेता सेर्से गुम्बा मकवानपुरगढी–४ ले २० किलोको बोका, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सेर्से गुम्बाका गौरब घलान उत्कृष्ट खेलाडी घोसित हुदै नगद ५ हजार रुपैया प्राप्त गरेका छन ।
प्रतिभा युवा क्बलका खेल संयोजक बिक्रम लामाको अध्यक्षतामा भएको समापन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो ।