हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३० को दिनेश गोङबा रहेका छन् ।
हेटौंडाबाट पथलैयातर्फ जादै गरेको बा ३२ प २५९८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा दिनेशले बोकेको जेब्रा झोलाबाट १२ किलो लागुऔषध गाँजा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मोटरसाइकललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।