हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ तिनतल्ले स्थित मदन भण्डारी लोकमार्गमा ट्रक दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ट्रक चालक हेटाडा– १४ मयुरधाप बस्ने ४० वर्षिय रबि थापा मगर र ट्रकमा सवार उनको छोरा १३ वर्षिय रिहान थापा मगर घाइते भएका हुन् ।
हेटौडाबाट फापरबारी तर्फ सिमेन्ट लोड लिई आउदै गरेको ना ५ ख ४६५६ नम्बरको ट्रक सडकको बायाँ साईडमा दुर्घटना हुँदा बाबुछोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
उनका अनुसार ट्रकमा अचानक ब्रेक फेल भई दुर्घटना भएको हो । .घाइते दुवै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।