प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा एमालेको शक्ति प्रर्दशन

२०७९ मंसिर १, बिहीबार १३:४४ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मुख्य सडकमा आज दिउसो नेकपा एमालेले सक्ति प्रर्दशन गरेको छ । यसअघिका दिनहरुमा वडा वडामा सभा र घरदैलो कार्यक्रममा व्यस्त भएको एमालेले आज हेटौंडा बजार क्षेत्रका केही वडाको संयुक्त रयाली निकालेको हो ।

नेकपा एमालेको हेटौंडा वडा नम्बर–२, ४, ५ र १० नम्बर वडाको संयुक्त रयाली निकालेर मुख्य बजार सिमाचोकमा आएर सभामा परिणत भएको थियो । हेटौंडाको बाइपास रोडचोकबाट सुरु भएको एमालेको रयालीले मेनरोड, सिमाचोक, स्कुलरोड, संगमचोक, मकवानपुर उद्योग बाणिज्यसंघचोक, बुद्धचोक लगायतका क्षेत्रहरुमा र्याली निकालेर सिमाचोकमा आएर सभामा परिणत भएको थियो ।

सभामा नेकपा एमाले क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा र क्षेत्र नम्बर–१ को प्रदेशसभा ९ख० का उम्मेदवार एकालाल श्रेष्ठले सभालाई संबोधन गर्नुभयो । उहाँहरु दुवै जनाले ‘मंसिर ४ ओली सरकार’ भन्ने नारा जोडले लगाउनु भएको थियो ।

कार्यक्रममा एमाले उम्मेदवार थापाले अब एमालेको जितलाई कसैले पनि रोक्न नसक्ने बताउनुभयो । मंसिर ४ गतेको चुनावपछी अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्ने वताउनुभयो । मकवानपुरमा र बिशेषगरी क्षेत्र नम्बर–१ मा एमालेले धेरै विकास निर्माणका कामहरु गरेको र प्रदेश राजधानी तोक्ने काम पनि आफुहरुले गरेको वताउनुभयो ।

कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार एकालाल श्रेष्ठले मकवानपुरमा ६ वटै उम्मेदवारले सहज रुपमा मंसिर ४ गतेको चुनावमा जित हासिल गर्ने वताउनुभयो । अब प्रदेश र संघ एमालेको नेतृत्वमा सरकार बनेपछी एमालेले हेटौंडामा र जिल्लैभरी गरेका विकासका अधुरा कामहरुलाई पुरा गर्दै अरु विकास निर्माणका धेरै काम गर्ने वताउनुभयो । कार्यक्रममा एमालेका संघ र प्रदेश स्तरका नेताहरुले कार्यक्रममा संबोधन गर्नु भएको थियो ।