मकवानपुर – हेटौंडा उपमहानगरपालिका–५ चिसापानीबाट ९ जना ज्वाडे पक्राउ परेका छन् । स्थानीय शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शिवाकोटी बाहेक पक्राउ परेका अन्य ८ जनाको नाम भने खुलाएको छैन । सो ज्वाडे टोलीलाई वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई नगद ६७ हजार २ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।