प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

आर्थिक अभावका कारण मृगौला पिडित मोक्तानको उपचारमा समस्या

२०७९ कार्तिक २१, सोमबार १४:१८ बजे

हेटौंडा – मनहरी गाँउपालिका वडा नं.२ निवासी मृगौला पिडित बुद्धिमान मोक्तानको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

एक वर्ष अघि स्वास्थयमा समस्या आउन साथा परीक्षण गर्दा दुबै मृगौला फेल भएको पत्ता लाग्न साथ भरतपुर र काठमाडौंमा उपचार गर्दा पनि कुनै सुधार नआए पछि हाल काठमाडौं स्थित काठमाण्डौं स्थित पाटन अस्पतालमा उपचार गराइरहेको छ ।

हाल सम्मको उपचारमा १० लाख भन्दा बढी खर्च भ्रइसेको परिवार स्रोतले जनाएको छ । हाल पाटन अस्पतालमा डायलाइसिस गरिहेको मोक्तानको थप डायलाइसिस गर्न समेत आर्थिक भएको छ ।

मृगौला पिडीत मोक्तानले थप उपचारको लागि आर्थिक सहयोगको अपेक्षा समेत गरेका छन । उनको परिवारले देश विदेशमा रहेका सम्पुर्ण नेपाली र नेपाली भाषीहरुलाई सक्दो आर्थिक सहयोग गरि मृगौला पिडितलाई बचाइ दिन अपिल गरेका छन ।

अस्पताल स्रोतको अनुसार मोक्तानको मृगौला प्रत्यारोपन अनिवार्य रहेको र त्यसको २५ लाख रुपिँया लाग्ने जनाएको छ । उनलाई आर्थिक सहयोग गर्न ईच्छुकहरुले नमस्ते मनहरी डटकमको फोन नं. ९८४९४२०४५४ मा सम्पर्क गर्न सक्नेछ ।