प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मानव अधिकारका लागि एकल महिला समूहद्वारा बाटेको धूप बनाउने कार्यक्रम आयोजना

२०७९ माघ २०, शुक्रबार ०८:५३ बजे

हेटौंडा । मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ को सहयोगमा शुक्रबार हेटौंडा ३ मा नै बाटेको धूप बनाउने कार्यक्रम आयोजना गरिएको छ । एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले संचालन गरिएको कार्यक्रममा २५ जना बिपन्न एकल महिलाहरुलाई बाटेको धूप बनाउने बिषयमा जानकारी गराइएको थियो । माधन अधिकारका लागि महिला,एकल महिला समूह वडा नम्बर ३ कै अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ३ नम्बर वडकै वडा सदस्य रत्न बहादुर ब्लोन रहनु भएको थियो । आयोजक समूहको बागमती प्रदेश अधिकृत अप्सरा अर्यालको अजिकरणमा सम्पन्न भएको कार्यक्रममा ३ नम्बर वडाकै वडा सचिव,महेन्द्र चापागाई,परिवर्तन सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मेनुका पौडेल,मानव अधिकारका लागि एकल महिला समूहका जिल्ला सदस्यहरु कल्पना आचार्य,जुनकिरी पुडासैनी लगायतको उपस्थिति रहेको थियो । आफूहरुलाई आत्मनिर्भर बनाउनका लागि उक्त कार्यक्रम संचालनमा भएकोमा सहभागी एकल महिलाहरुले खुसी ब्यक्त गरेका छन् । घरमा नै बसेर पनि धूप बाटेर केही रकम कमाउन सकिने हुंदा आफुहरुका लागि यो कार्यक्रम निकै महत्वपूर्ण रहेको सहभागी एकल महिलाहरुले बताएका छन् ।