प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा एक उद्योग जलेर नष्ट

२०८१ बैशाख ८, शनिबार ०८:५८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.८ औद्योगिक क्षेत्रभित्र आगलागी हुँदा एक उद्योग जलेर नष्ट भएको छ ।

शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका वडा नं.१९ बस्ने संजिव मानन्धरले सञ्चालन गर्दै आएको हेल्पबक्स प्याकेजिङ्ग प्रा.लि. कार्टुन उद्योग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । कार्टुन फ्याक्ट्रीमा के कुन कारण आगलागी भएको खुल्न नसकेको प्रहरीले जनाएको छ । मानबिय क्षति भने भएको छैन । क्षतिको बिवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।