मकवानपुर – बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते आज (सोमबार) दिउँसो १ बजे बस्दैछ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभाको दोस्रो कार्यकालको यो पहिलो बैठक हो । देश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्ने छन् ।
प्रदेशसभामा अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।