हेटौंडा – काठमाडौंको स्वयम्भू चौमती स्थित नयाँपुल नजिकै ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ महानगरपालिका २४ बस्ने ५५ वर्षीय नरेन्द्र मुनि बज्राचार्य रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका नरेन्द्रको उपचारको क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको डिजेल बोक्ने ट्याङकरले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई शनिबार बेलुकी ८ बजे ठक्कर दिएको थियो । ठक्कर दिने ट्याङ्कर सहित चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।