हेटौंडा – मकवानपुरमा भरूवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–३ गाउँखोरिया बस्ने ३७ वर्षीया सुभाष तामाङ रहेका छन् ।
ईलाका प्रहरी कर्यालय पालुङबाट खटिएको प्रहरीले तामाङलाई १ थान भरूवा बन्दुक सहित मंगलबार राति पक्राउ गरेको हो । पक्राउ परेका तामाङमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बिर