प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पिर्के सलामी सहित मन्त्री खनालले गरे भवन उद्घाटन

२०७८ चैत्र २, बुधबार १०:४५ बजे

हेटौंडा – नेपालमा स्थानीय जनप्रतिनिधि, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्री र संघीय सरकारका मन्त्रीहरूको चर्चित क्रियाकलाप  पिर्के सलामीले निरन्तरता पाएको छ । पिर्के सलामी लिर्दै बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद शर्मा खनालले निरन्तरता दिएका हुन् ।

मन्त्री खनालले मकवानपुरको बकैंया गाउँपालिकावडा नम्बर १२ ठिंगनमा ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको नवनिर्मित भवन उद्घा्टनको क्रममा पिर्के सलामी लिएका हुन् । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको नव निर्मित कार्यालय भवन र ब्यारेक उद्घाटन मन्त्री खनालले गरेका थिए ।

२ रोपनी क्षेत्रफलमा निर्माण गरिएको भवन २ करोड २३ लाख ४३ हजार ४१४ रुपौयाँ लागतमा निर्माण गरिएको हो । भवनमा ५ वटा कोठाहरू र शौचालय सुविधा सहितको २ वटा महिला तथा पुरुष हिरासत कक्षहरू रहेको छ ।

कार्यक्रममा आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्र सिंह तामाङ, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, अन्य सुरक्षा निकायका प्रमुखहरु, स्थानीय समाजसेवीहरु, सञ्चारकर्मी लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।